नियम २१
धरौट वा जेथा जमानत माग गर्ने
(१) भ्रष्टाचारको आरोप लागेको व्यक्तिसँग धरौट वा जेथा जमानत माग्दा आयोगले अनुसूची–११ बमोजिमको ढाँचामा आदेश जारी गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम धरौट वा जेथा जमानत माग गर्दा अनुसूची–१२ र अवस्था अनुसार अनुसूची–१३ बमोजिमको कागज गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम धरौटी राखी तारेखमा रहेको आरोपित व्यक्तिले आयोगबाट तोकिएको तारेख गुजारी बसेमा अनुसन्धान अधिकृतले त्यस्तो धरौटी जफत गर्न सक्नेछ ।